अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री पौडेलले बोलाउनुभयो संसदीय दलको बैठक

मुख्यमन्त्री पौडेलले बोलाउनुभयो संसदीय दलको बैठक


मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा संसदीय दलको बैठक आह्वान गर्नु भएको छ ।

उहाँले १८ चैतमा बस्ने गरी एमाले प्रदेशसभा संसदीय दलको बैठक आह्वान गर्नु भएको हो ।

स्रोतका अनुसार संसदीय दलको बैठकबाट मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन एमालेको नेपाल समूहलाई निर्देशन दिनेछ ।

पौडेलविरुद्ध एमालेकै सांसदहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने बताएका छन् । यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन ।