अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थ्री नेसन्स कप : बंगलादेशविरुद्ध नेपालको अग्रता

थ्री नेसन्स कप : बंगलादेशविरुद्ध नेपालको अग्रता


काठमाडौं- थ्री नेसन्स कप अन्तर्गत बंगलादेशविरुद्ध फाइनलमा नेपाललले १८ मिनेटमै १-० को अग्रता बनाएको छ । नेपाललाई सञ्जोग राईले अग्रता दिलाउनुभएको हो ।

अभिषेक रिजाल र रवि शंकर पासवानलाई बेञ्चमा राख्दै प्रशिक्षक महर्जनले सुरुवाती ११ गर्नु भएको छ । रिजाल र पासवान यसअघि दुई खेलमा सुरुवाती रोजाईमा पर्नु भएको थियो ।

नेपालको सुरुवाती-११ : किरण चेम्जोङ (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, रञ्जित धिमाल, सुनिल बल, विशाल राई, सन्जोक राई, त्रिदेव गुरुङ, तेज तामाङ र अन्जन विष्ट ।