अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेशलाई पराजित गर्दै नेपालले जित्यो ‘थ्री नेसन्स कप’को उपाधि

बंगलादेशलाई पराजित गर्दै नेपालले जित्यो ‘थ्री नेसन्स कप’को उपाधि


काठमाडौं- दशरथ रंगशालामा भएको थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ । फाइनलमा आज बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपाललाई जित दिलाउन सञ्जोग राई र विशाल राईले गोल गर्नुभयाे । सञ्जोगले खेलको १८ मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयाे ।

उहाँले सुनिल वलको कर्नरमा गोल गर्नु भएकाे हाे । यो उहाँको पहिलो अन्तर्राष्ट्रिय गोल हो । सञ्जोगले शनिबार बंगलादेशविरुद्ध नै डेब्यू गर्नु भएकाे थियाे ।

त्यस्तै, विशाल राईले ४१औँ मिनेट नेपालका लागि दोस्रो गोल गर्नुभयाे ।

खेलको ८३ औँ मिनेटमा बंगलादेशले गोल फर्कायो । बंगलादेशका लागि मामुबुल रहमानले गोल गर्दै खेल २-१ को अवस्थामा फर्काउनुभयाे ।