अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रंगशालामै घन्कियो– ‘वी लभ यु केपी बा’

रंगशालामै घन्कियो– ‘वी लभ यु केपी बा’


काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका छन् ।

उपाधि समारोहमा सामूहिक तस्बिर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए । प्रधानमन्बी ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा रहनुभएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो ।

ओलीले फाइनलको बल हस्तान्तरण गर्नुभएको थियो । ओलीले सुरुमै खेलाडीसँग परिचय गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले पुरै फाइनल हेर्नुभएको थियो । फाइनल समारोहमा सबै फुटबल खेलाडीले सामुहिक तस्बिर खिचाउनेक्रममा ‘केपि बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए ।