अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थ्री नेशन्स कप जित्ने खेलाडीलाई पुरस्कृत गर्ने एन्फाको निर्णय

थ्री नेशन्स कप जित्ने खेलाडीलाई पुरस्कृत गर्ने एन्फाको निर्णय


काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एकएक लाख रुपैयाँ पुरस्कार दिने जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलरबाट टोलीका सदस्यलाई वितरण गरिने बताउनुभएको छ । सोमबार बङ्गलादेशलाई २-१ ले हराउँदै नेपालले किर्गिस्तान सम्मिलित थ्री नेशन्स कपको उपाधि हात पारेको थियो ।

उपाधिको विजेता टोलीलाई ट्रफीका साथै पाँच हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको थियो । नेपाली टोलीले उपाधि जित्दा उक्त ट्रफी र पुरस्कार पाएको हो ।

टोलीका २३ जना खेलाडीमा पाँच हजार अमेरिकी डलर वितरण गरिने प्रवक्ता राईले बताउनुभयो । त्यस्तै, घरेलु मैदानमा ऐतिहासिक जित हात पारेकोमा प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरूप थप एक एक लाख प्रदान गरिनेछ ।