अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्ली क्यापिटल्सको कप्तानमा ऋषभ पन्त नियुक्त

दिल्ली क्यापिटल्सको कप्तानमा ऋषभ पन्त नियुक्त


काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औँ संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्नु हुने भएको छ । उहाँले पहिलो पटक कुनै टोलीको नेतृत्व गर्न लाग्नुभएको हो ।

नियमित कप्तान श्रेयस अय्यर घाइते भएर टोलीबाट बाहिरिएपछि उहाँको स्थानमा ऋषभले नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको हो । इंग्ल्याण्ड विरुद्धको एकदिवसीय खेलको क्रममा काँधमा आएको चोटको कारण श्रेयस आईपीएलको आगामी संस्करणबाट बाहिरिनुभएको हो ।

ऋषभ सन् २०१६ को संस्करणमा दिल्ली क्यापिटल्समा आवद्ध हुनुभएको थियो । २३ वर्षीय पन्त विराट कोहली, स्टिभ स्मिथ, सुरेश रैना र श्रेयास ऐयरपछि पाँचौं सबैभन्दा कान्छो कप्तान नियुक्त हुनुभएको हो ।