अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिकोणात्मक सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा

त्रिकोणात्मक सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा


काठमाडौं- त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

नेपालले बन्द प्रशिक्षण चैत २४ गतेदेखि सुरू गर्ने क्यानले जनाएको छ ।

मलेसिया, नेपाल र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज वैशाख चार गतेदेखि सुरू हुनेछ ।

को-को परे बन्द प्रशिक्षणमा? सूची : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशी ।