अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली एमाले संसदीय दलको बैठक : एमालेका मन्त्रीले राजीनामा दिने निर्णय

कर्णाली एमाले संसदीय दलको बैठक : एमालेका मन्त्रीले राजीनामा दिने निर्णय


सुर्खेत- कर्णाली प्रदेशको नेकपा एमाले संसदीयको बैठकले सरकारमा सहभागी मन्त्रीलाई राजीनामा दिन दिर्नेशन दिने निर्णय गरेको छ ।

आइतबार संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले २४ घण्टाभित्र सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको हो ।

सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिने प्रतिबद्धता जनाएका स्रोतले जनाएको छ ।

एमालेबाट मन्त्री बनेकाले राजीनामा दिनेभएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्ने भएको छ ।

शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री हुनुहुन्छ ।

नेकपा एमाले संसदीयको अर्को बैठक २४ गते दिउँसो एक बजे बस्नेछ ।