अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने


काठमाडौं- प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि बस्न लागेको हो ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस भएको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका सांसद्ले हस्ताक्षर फिर्ता लिएपछि माओवादीले प्रस्ताव फिर्ता लिन लागेको हो ।

तत्कालीन नेकपाका ३७ जना संसद्ले राईलाई हटाइ भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेर गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

आचार्य सहितिका एमाले सांसद्ले नै प्रस्ताव फिर्ता लिएपछि अविश्वास प्रस्ताव अर्थहीन भएको छ । प्रस्ताव संसदमा टेबुल भइसकेकोले त्यसलाई फिर्ता लिने प्रस्ताव माओवादीले संसदमा लैजान लागेको हो ।