अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज २६० जनामा कोरोना संक्रमण

देशभर आज २६० जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा देशभर २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २४३ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

योसँगै अब नेपालमा कोरोनाका सङ्क्रमितको कूल संख्या २लाख ७८ हजार ४७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय १३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट २ लाख ७३ हजार ४५५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार ३६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।