अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीद्वारा राजीनामा


पोखरा- गण्डकी प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर रहेका छन् ।

उनीहरूले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएर चुमान र थापा प्रदेशसभा पुगेका छन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।