अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङका वामपन्थी नेता प्रसाईंको निधन

ताप्लेजुङका वामपन्थी नेता प्रसाईंको निधन


ताप्लेजुङ– ताप्लेजुङका वामपन्थी नेता डिल्ली प्रसाईंको निधन भएको छ ।

ताप्लेजुङ सिनामका ६० बर्षीय प्रसाईं २०५६–०५९ मा नेकपा एमाले ताप्लेजुङको सचिव हुनुहुन्थ्यो । २०३५÷०३६ सालदेखि विद्यार्थी राजनीतिमा सामेल हुनुभएका प्रसाईं प्रखर वक्ताको रुपमा चिनिनुहुन्थ्यो । २०४८ सालको आम निर्वाचनमा एमालेको पक्षमा जिल्लामा लहर ल्याउन प्रसाईंको विशेष भूमिका थियो । स्पष्ट र निरन्तर लामो समयसम्म भाषण गर्ने उहाँको कलाबाट प्रभावित भएर धेरै मतदाताले त्यसबेला सूर्य चिन्हमा मतदान गरेका थिए ।

प्रसाईं २०५० –२०५६ सम्म एमालेको जिल्ला उपसचिव हुनुहुन्थ्यो । सचिवको पदावधि सकिएपछि राजनीतबाट प्रसाईंले रुची घटाउँदै लगेको समकालिन नेताहरु बताउँछन् । २०६३ सालमा प्रसाईं नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । तथापी उहाँले सक्रिय राजनीति गर्नुभएन ।

प्रसाईंका समकालिन ताप्लेजुङ जिविसका पूर्व उपसभापति राम सुवेदीका अनुसार २०३९ साल देखि प्रसाईंले भूमिगत राजनीति गर्नुभएको हो । ‘२०४८ सालको आम निर्वाचन र २०४९ सालको स्थानीय निकायको निर्वाचनमा उहाँको भाषण सुनेर धेरै जनताले हाम्रो पक्षमा मतदान गरेका हुन्,’ सुवेदी सम्झनुहुन्छ ।

प्रसाईंको कुनै बेला जिल्लामा एकछत्र प्रभाव भए पनि उहाँले राजकीय र संसदीय पदहरुमा रुची देखाउनु भएन । लामो समय देखि कलेजोका विरामी प्रसाईंलाई उपचारका लागि झापा लैजादैं गर्दा इलामको फिक्कलमा शनिबार विहान ३ बजे निधन भएको हो । प्रसाईंको आज कनकाइ माइमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रसाईं अविवाहित हुनुहुन्थ्यो ।