अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि


काठमाडौं- ललितपुर मेयर महिला टी-२० वुमन्स च्याम्पियनसिपको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । शनिबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

जितसँगै एपीएफले नगद तीन लाख पुरस्कार पाएको छ । उपविजेता सुदूरपश्चिमले भने १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ज्योति पाण्डेले ३६, कप्तान सीताराना मगरले २७, इन्दु रानाले अविजित २६ र ममता चौधरीले नटआउट १५ रन बनाउनुभयो ।

ज्योजि र सीता दुवै रनआउट हुनु भएको थियो ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो ।

उसका लागि विन्दु रावलले उत्कृष्ट ब्याटिङ गर्नुभयो । उहाँले ५४ बलमा चार चौकासहित अविजित ४४ रन बनाउनुभयो ।

त्यस्तै, डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रनको योगदान दिनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङमा विनु बुढा, सीताराना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले एक/एक विकेट लिनुभयो ।