लहान-सिरहाको लहान नगरपालिका- २३ मा सुनचाँदी व्यवसायीको गोली तथा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । लुटेरा समूहले सुनचाँदी व्यवसायीको गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
प्रहरीका अनुसार लहान नगरपालिका- २३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको छ । उहाँमाथि लुटेरा समूहले धारिलो हतियार र गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मा घाइते हुनुभएको छ । उहाँको हातमा धारिलो हतियार प्रहार भएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताउनुभयो । घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया