अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७० तोला सुन चोर्ने युवक पक्राउ

७० तोला सुन चोर्ने युवक पक्राउ


 

काठमाडौं- ७० तोला सुन चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले म्याग्दीको मालिका गाउँपालिका-२ का २८ वर्षीय दिलबहादुर पुनलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकालगायत बिभिन्न जिल्लाका सहकारी तथा वित्तीय संघ संस्थाहरु तथा सुनचाँदी पसलमा रातको समयमा चोरी गर्ने समूहको खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

पुनले गत फागुन १८ गते राति नवलपारासी गौडाकोट नगरपालिका-५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडेर सुनका गरगहना ७० तोला र नगद ७ लाख ४३ लाख रुपैयाँ बराबरको सामान चोरी भएको गरेका थिए ।

पक्राउ परेका पुनलाई कारबाहीका लागि नवलपरासी पठाइएको महाशाखाले जनाएको छ