अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते

खोटाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते


खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १ कदुवास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी एक जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालकसहित ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाइते र १६ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

बा ३ ख ९२८५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सह(चालक सिन्धुली घ्याङलेक गाउँपालिका-१ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटिई घाइतेलाई उपचारको लागि पठाइएको छ प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।