अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस चितवनद्वारा १० हजार नयाँ क्रियाशील सदस्य सिफारिस

कांग्रेस चितवनद्वारा १० हजार नयाँ क्रियाशील सदस्य सिफारिस


चितवन- नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।

कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र पुराना गरी २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको उहाँले जानकारी दिनुभयो ।

गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली कांंग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो । श्रेष्ठका अनुसार झापा र काठमाडौँपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो ।