अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई नवलपुरका सात माग

प्रधानमन्त्रीलाई नवलपुरका सात माग


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सन्तुलित विकासका लागि सबै क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गर्ने बताउनुभएको छ ।

शनिबार साँझ नवलपुरका जनप्रतिनिधि र स्थानीयहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सांसद तिलक महतको नेतृत्वमा नवलपुरको विकासका विविध बिषयमा छलफल गर्न एक टोली प्रधानमन्त्री निवास बालुवाटार गएको थियो ।

महतका अनुसार नवलपुर क्षेत्रको समग्र विकासका लागि प्रधानमन्त्रीसँग सात बुँदे माग राखिएको छ ।

१. नमुना सदरमुकाम कावासोती नवलपुर को लागि यो आर्थिक बर्ष बजेट बिनियोजन गरि काम लाई अगाडि बढाउने ।

२. धौबादी फलाम खानी छिटो भन्दा छिटो उत्खनन् गर्ने गरी कामलाई अगाडि बढाउने ।

३. मध्यवर्ती निकुन्ज क्षेत्र भित्र पर्ने त्रिवेणी, दुम्किबास, हुलाकी सडक बिस्तारको काम लाई अगाडि बढाउने ।

४. जल यतायातमा राईनो क्रुज लाई गोलाघाटदेखि अमलटारी हुँदै त्रिबेणी सम्मको पु¥याउने र नवलपुर क्षेत्रमा आन्तरिक पर्यटन बढाउने ।

५. रिटर्नी माइग्रेन्ट नेपालको नेत्रित्वमा बन्न लागेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडलाई नेपालको नमुना चिस्यान केन्द्र बनाउने ।

६.नवलपुर, डेडगाउँ, पोखरा जोडने सडकलाई बजेट बिनियोजन गरि काम लाई अगाडि बढाउने ।

७. नेपाल कै मध्ये भागमा अवस्थित थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको स्तर उन्नति र भोगाधिकारको कामलाई अगाडी बढाउने।

नवलपुरबासीका माग सुनेपछि प्रधानमन्त्री ओलीले नवलपुर मात्र नभइ समग्र देशको विकासका लागि आफू हरतरहले लागि रहेको बताउनुभएको छ । ‘हाम्रा माग सुनेपछि प्रधानमन्त्रीज्यूले नवलपुर सदरमुकामलाई नमुना सदरमुकाम बनाउन दुई बर्ष अघि नै घोषणा गरेकोले त्यसै अनुसार बजेटको बिनियोजन हुने आश्वासन दिनु भएको छ,’ भेटमा सहभागी रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले नेपाली बहस डट कमसँग भन्नुभयो ।

नवलपुरबासीले उठाएका मागहरु जायज भएकोले ती सबैलाई सम्बोधन हुने गरी यसबर्ष बजेट बिनयोजन गरिने प्रधानमन्त्रीले आश्वासन दिनुभएको थनेतले बताउनुभयो ।

प्रधानमन्त्रीसँगको भेटघाटमा नवलपुर क्षेत्र नं २ का सांसद तिलक महत, पूर्व सांसद चन्द्रमणी खराल, वडा अध्यक्ष रोशन थापा रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत लगायत हुनुहुन्थ्यो ।