अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत दिने बेलासम्म पनि निर्णय हुनसक्छ : योगेश भट्टराई

विश्वासको मत दिने बेलासम्म पनि निर्णय हुनसक्छ : योगेश भट्टराई


काठमाडौं । नेकपा एमालेको माधव समूहका नेता योगेश भट्टराईले आफूहरू सग्लो एमालेको पक्षमा रहेको बताउनुभएको छ ।

अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर निस्कने क्रममा उहाँले एमालेको एकतालाई जोगाउनु नै आजको मुख्य विषय भएको बताउनुभयो । ‘संसद्मा एकतावद्ध ढंगले कसरी प्रस्तुत हुने र पार्टीमा सम्पूर्ण एकतालाई कसरी कायम गर्ने भन्ने विषयमा छलफल भएको र छलफल सकारात्मक भएको उहाँले बताउनुभयो । ‘हामी आशा गर्छौँ, अझै पनि समय छ,’ उहाँले भन्नुभयो ।

देश भरिका नेकपा एमालेका नेता कार्यकर्ताले एमाले एक होस् भन्ने चाहेकोले त्यसको नजरअन्दाज गर्न नहुने उहाँले बताउनुभयो । पार्टीको एकतालाई बचाउन सहयोग गर्छ भनेर नै आफूहरूले आज प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारको विश्वासको मत माथिको मतदान गर्ने बेलासम्म पनि थप निर्णय हुनसक्ने उहाँले बताउनुभयो । ‘हेरौँ अन्तिमसम्म के हुन्छ,’ उहाँले भन्नुभयो ।

पार्टीलाई एकतावद्ध बनाउने कुरामा आफूहरुको कुनै दाउपेच नरहेको उहाँले बताउनुभयो । ‘कुनै संवैधानिक धाराको दाउपेचमा हामी छैनौँ, सग्लो एमालेको पक्षमा छौँ,’ भट्टराईले भन्नुभयो ।