अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको समावेशी उपसभापतिमा विनोद चौधरीको अग्रता कायम

कांग्रेसको समावेशी उपसभापतिमा विनोद चौधरीको अग्रता कायम


काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशनमा समावेशीतर्फको उपसभापति पदको मतगणनामा विनोद चौधरीले अग्रता कायम राखेका छन्।

प्राप्त विवरणअनुसार चौधरीले ७५१ मत प्राप्त गरेका छन् भने उनलाई जीवन परियारले पछ्याइरहेका छन्। परियारले ७२० मत प्राप्त गरेका छन्।

त्यस्तै, सीता गुरुङले ४३०, फरमुल्लाह मन्सुरले ३७१ र रञ्जित कर्णले २२८ मत प्राप्त गरेका छन्।

कांग्रेसको महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेको बताइएको छ। केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ।