अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कारबाही फुकुवाबारे सुरेन्द्र र योगेशको सकारात्मक प्रतिक्रिया

कारबाही फुकुवाबारे सुरेन्द्र र योगेशको सकारात्मक प्रतिक्रिया


काठमाडौं– नेकपा एमालेका चार नेताको कारबाही फुकुवाबारे माधव समूहका नेताहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक कदल चाल्नुभएको भन्दै स्वागत गर्नुभएको छ । माधव पक्षका नेता योगेश भट्टराईले भन्नुभएको छ, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

बिहीबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भूसालमाथिको कारवाही फुकुवा गरेको थियो ।

नेता सुरेन्द्र पाण्डेले पनि कारवाही फिर्ता लिने निर्णय सकारात्मक रहेको बताउनुभएको छ । ‘अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहुन्छ भन्ने आशा गरेका छौं,’ उहाँले भन्नुभयो ।