अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीको अग्रता कायमै [अपडेट]

कांग्रेसको समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीको अग्रता कायमै [अपडेट]


काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत समावेशीतर्फको उपसभापति पदको मतगणनामा विनोद कुमार चौधरीले अग्रता कायम राखेका छन्।

प्राप्त पछिल्लो मतपरिणामअनुसार चौधरीले ८९७ मत प्राप्त गरेका छन्। उनलाई जीवन परियारले पछ्याइरहेका छन्। परियारले ८३७ मत प्राप्त गरेका छन्।

त्यस्तै, सीता गुरुङले ५३६, फरमुल्लाह मन्सुरले ४८३ र रञ्जित कर्णले २६७ मत प्राप्त गरेका छन्।

उपसभापति पदका उम्मेदवारमध्ये चौधरी र परियारबीच प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतपरिणामअनुसार चौधरी परियारभन्दा ६० मतले अगाडि छन्।

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ।