अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड पुर्‍याइयो

स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड पुर्‍याइयो


काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर १ खर्ब २२ अर्ब ७७ करोड पुर्‍याएको छ ।

आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय-व्यय वक्तव्य सार्वजनिक गर्दै मन्त्रालयको बजेट बढाएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न विभिन्न कार्यक्रम ल्याएको सरकारले स्वास्थ्यको बजेट बढाएको हो ।

त्यस्तै, उहाँले काठमाडौंमा तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने बताउनुभयो ।

एक सय शय्याभन्दा बढीका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट स्थापना गर्ने, कोभिड जोखिम भत्तालाई यथावत्, सातै प्रदेशमा सरुवा रोग अस्पताल तथा स्थानीय तहको स्वास्थ्य अनुदानमा वृद्धि गरिएको छ ।