अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल टेलिभिजनको नयाँ च्यानल एनटीभी वर्ल्ड थपिने

नेपाल टेलिभिजनको नयाँ च्यानल एनटीभी वर्ल्ड थपिने


काठमाडौं- सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा सुरु गर्ने बताएको छ ।

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने बताउनुभयो ।

पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

सरकारले सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दूरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

त्यस्तै, सरकारले नेपाल टेलिभिजनको नयाँ च्यानल ‘एनटीभी वर्ल्ड’ थप गर्ने भएको छ ।

हाल पाँच वटा च्यानल प्रसारण गर्दै आएको नेपाल टेलिभिजनमा थप नयाँ च्यानल पनि सुरु गर्न बजेट विनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

सरकारले ‘एनटीभी वर्ल्ड’ सँगै शैक्षिक र मौसमसम्बन्धि च्यानल थप गर्ने बजेटमार्फत घोषणा गरेको छ ।