अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आइपुग्यो थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री

नेपाल आइपुग्यो थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री


काठमाडौं- थाइल्याण्डका राजाले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्नका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाउनुभएको स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको हो ।

स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।

विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुग्नु भएको थियो ।

थाइल्याण्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाउनुभएको हो ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाइल्याण्डलाई धन्यवाद दिनुभएको छ ।