अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेका तीन अस्पताललाई भेन्टिलेटरलगायत सामग्री हस्तान्तण

काभ्रेका तीन अस्पताललाई भेन्टिलेटरलगायत सामग्री हस्तान्तण


काभ्रेपलाञ्चोक- काभ्रेका तीन वटा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउन्डेसनले धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध भएको हो ।

प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीका अनुसार धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताललाई एकरएक वटा भेन्टिलेटर, दुई/दुई वटा अक्सिजन कन्सन्ट्रेटर, २०/२० थान पीपीइ तथा मेथिनकोट अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर, २० थान पीपीइ हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्री, सुप्रसिद्ध गायिका एवं सामाजसेवी आनी छोइङ डोल्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले धुलिखेल अस्पतालका डा रमेश श्रेष्ठ र डा. दिपक श्रेष्ठ, शीर मेमोरियल अस्पतालका डा. एन्जिला, डा. अरुण गुप्ता र कार्यकारी निर्देशक सुन्दर थापा, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

काभ्रेका यी तीनवटै अस्पताल अहिले कोभिड डेडिकेटेड अस्पतालको रूपमा कोरोना संक्रमित बिरामीको जीवन रक्षाका लागि सक्रिय छन् ।

Skip This