अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनले दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

चीनले दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो


काठमाडौं- नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौं आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज आज काठमाडौंमा अवतरण गरेको हो ।

सो जहाज हिजो बेइजिङ गएको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले ८ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणाअनुसार सो खोप नेपालले ल्याएको हो ।

खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।