अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा ‘सिजी इन्टरनेट’सेवा सुरु

काठमाडौं उपत्यकामा ‘सिजी इन्टरनेट’सेवा सुरु


काठमाडौं- सिजी कम्युनिकेसन प्रालिले आजदेखि काठमाडौं उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा सुरुवात गरेको छ ।

यसबाट सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ ।

कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताउनुभयो । कम्पनीले सुरुवाती चरणमा इन्टरनेट सेवा सुरु गरे पनि चाँडै नै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा सुरुवाती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एक वर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।