अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्रान्सले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

फ्रान्सले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

फ्रान्स सरकारले सहयोग स्वरूप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस, रेस्पिरेसन तथा कन्सुमेललगायत सामग्री आज काठमाडौं आइपुगेको हो ।

बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

बुधबार नै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।