अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापानले पठायो नेपाललाई स्वास्थ्य सामग्री, ६ वटा एम्बुलेन्स पनि दिने

जापानले पठायो नेपाललाई स्वास्थ्य सामग्री, ६ वटा एम्बुलेन्स पनि दिने


काठमाडौं- कोरोना संक्रमणविरुद्ध लड्नका लागि जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार आज जापान सरकारले नेपाललाई स्वास्थ्य सामग्री पठाएको हो ।

जापानले नेपाललाई १६० अक्सिजन कन्सन्ट्रेटर, २५ ब्लड ग्यास एनालाइजर र २५ अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम दिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाललाई जापानले एम्बुलेन्स पनि सहयोगस्वरूप दिन लागेको छ । ६ वटा एम्बुलेन्स पछि आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले सहयोगको लागि जापानलाई धन्यवाद दिएको छ ।