अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ नेपालले भ्याक्सिन भोलियन्टर खटाउने

युवा संघ नेपालले भ्याक्सिन भोलियन्टर खटाउने


पोखरा- राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलियन्टर परिचालन गर्ने बताउनुभएको छ ।

संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताउनुभएको हो । उहाँले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्धताको स्वागत गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभावकारी बनाउन टोलटोलसम्म हजारौँ स्व्यमसवक परिचालन गरिने उहाँलो बताउनुभयो । नेपालमा कोभिड १९ को संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशव्यापीरूपमा आफ्नो संगठन र नेता कार्यकर्ता परिचालित रहेको उहाँले बताउनुभयो ।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल कदमीमा संकालीत उक्त सामाग्री गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पीपीई, मास्क, ग्लोभ्स आदि गरी १० लाख रकम बाराबरको सामाग्री हस्तान्तरण गरिएको आयोजकले बताएको छ ।