अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई कोरानाविरुद्ध खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

नेपाललाई कोरानाविरुद्ध खोप उपलब्ध गराउने अमेरिकाको घोषणा


काठमाडौं– संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।

अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा २५ मिलियन डोज खोप प्राप्त गर्ने मुलुकको सूची सार्वजनिक गरेको हो ।

नेपाललाई खोप उपलब्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्नुभएको थियो ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्नुभएको छ । ट्विटमार्फत प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिनुभएको छ भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेअमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिनुभएको छ ।