अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा ६ हजार ६५३ संक्रमित, ८ हजार ६६३ संक्रमणमुक्त, १०१ जनाको मृत्यु

२४ घण्टामा ६ हजार ६५३ संक्रमित, ८ हजार ६६३ संक्रमणमुक्त, १०१ जनाको मृत्यु


काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ६२४ पीसीआर र २ हजार २९ एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा १४ हजार १ सय ८२ पीसीआर तथा ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण भएको छ।

काठमाडौं उपत्यकामा १ हजार ३८४ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८९७ , ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना संक्रमित थपिएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।