अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल देशभर ३९६ अस्पताल निर्माण हुन्छन् : मन्त्री तामाङ

तत्काल देशभर ३९६ अस्पताल निर्माण हुन्छन् : मन्त्री तामाङ


काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले निःशुल्क स्वास्थ्य उपचार दिने लक्ष्यका साथ ३९६ वटा अस्पताल तत्काल निर्माण सुरु गरिने बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले असारभित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया सुरु गर्ने बताउनुभयो ।

उहाँले नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको समेत बताउनुभयो । मन्त्री तामाङले वीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रूपमा विस्तार गरिसकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

सरकार कोभिड खोप ल्याउनेमै सबै प्रयास जारी राखेको जानकारी दिँदै मन्त्री तामाङले स्वास्थ्य सुरक्षाको सरकारी मापदण्डको पालना गरिदिन सबैमा आग्रह गर्नुभयो । ‘नेपाल खोप उत्पादक राष्ट्र होइन, तर पनि हामीले खोप प्राप्तका लागि सबै प्रयास जारी राखेका छौं,’ उहाँले भन्नुभयो ।