अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकको रक्षाका लागि हरतहको प्रयत्न गर्नेछु : मन्त्री तामाङ

नागरिकको रक्षाका लागि हरतहको प्रयत्न गर्नेछु : मन्त्री तामाङ


काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताउनुभएको छ ।

मंगलबार बागमती प्रदेश स्काउटअन्र्तगत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताउनुभएको हो ।

खोप ल्याउने क्रम जारी रहेको भन्दै उहाँले उमेर समूहअनुसार क्रमशः खोप दिदैँ जाने बताउनुभयो । दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरूको हकमा पनि छिट्टै खोप ल्याएर दिइने बताउनुभयो ।

‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोप आउनेछ । हामी धेरै पहल गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतहको प्रयत्न गर्नेछु,’ मन्त्री तामाङले भन्नुभयो, ‘खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरूका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’

बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरूमा स्थानीय स्काउट कार्यक्रमअन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ ।