अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २९१८ जनामा कोरोना संक्रमण, ५१४७ जना डिस्चार्ज

आज २९१८ जनामा कोरोना संक्रमण, ५१४७ जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९४३८ पीसीआर परीक्षणमा २०४९ जनामा र ५३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् भने ८४६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या ४ हजार ६८२ रहेको छ । जसमध्ये ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ भने ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् ।