अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय


सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक गुलावजंग शाहका अनुसार एमालेले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।