अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित


पोखरा- गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेशसभामा पेश गर्नु भएको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि आजै प्रदेशको बजेट सार्वजनिक हुँदैछ ।

नीति तथा कार्यक्रम दुई दिनसम्म छलफल भएको थियो । मंगलबारनीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिनुभएको थियो ।

मुख्यमन्त्री नेपालीको जवाफपछि सभामुख नेत्रनाथ अधिकारीले नीति कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।