अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)


हेटौँडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमतीले चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार विनियोजन गरिएको आर्थिक मामिला मन्त्री कैलाप्रसाद ढुंगेलले बताउनुभयो ।

बागमती प्रदेशले आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा स्रोतको रुपमा राजश्वमार्फत् २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारले दिने अनुदानमार्फत् १६ अर्ब ९२ करोड ६८ लाख र विविध स्रोतबाट १ अर्ब ५ करोड ९ लाख प्राप्ती हुने अनुमान बागमती प्रदेश सरकारको छ ।

त्यस्तै, चालू आर्थिक वर्ष एवं विगत आर्थिक वर्षको बजेटबाट ९ अर्ब १० करोड प्राप्त भई आगामी आर्थिक वर्षको बजेटको स्रोतको रुपमा परिचालन गरिने प्रदेश सरकारले बजेट वक्तव्यमार्फत जानकारी गराएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्