अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा ठाउँठाउँमा बाढी र पहिरो, दर्जनौं हताहत भएको आशंका

सिन्धुपाल्चोकमा ठाउँठाउँमा बाढी र पहिरो, दर्जनौं हताहत भएको आशंका


सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा ठाउँठाउँमा बाढी र पहिरो गएको छ । मेलम्ची खोलामा आएको बाढीले धेरै ठाउँमा पहिरोसमेत गएको छ । दर्जनौं हताहत भएको आशंका गरिएको छ ।

मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरुमा आतंक सृजना भएको छ । ‘बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ,’ प्रहरीले भन्यो, ‘कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् ।’

नदी पुरै थुनिएकोले तल्लो मेलम्ची बजार लगायतका बस्ती जोखिममा परेका छन् ।