अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने


कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने हुनु भएको छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार उहाँले शुक्रबार विश्वासको मत लिने तयारी भएको हो ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ ।

नेपालीले मुख्यमन्त्री नियुक्त भएकै दिन मन्त्रिमण्डल विस्तार गर्दै विनाविभागीय ४ जना मन्त्रीलाई शपथ खुवाउनुभएको थियो । गण्डकीमा अन्य मन्त्री परिषद् विस्तार गरिएको छैन ।

प्रवक्ता खड्काले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । गण्डकीमा ११ वटा मन्त्रालय छन् । ५९ प्रदेशसभा सदस्य छन् । विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ ।

६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो । सरकारमा अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् ।