अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २४०१ जनामा कोरोना, ३६६० जना डिस्चार्ज

आज २४०१ जनामा कोरोना, ३६६० जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये ३३७ जना काठमाडौं उपत्यकाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ भने ३ हजार ६६० जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये ५ लाख ५३ हजार ३५२ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ८ हजार ६७५ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ । जसमध्ये ५३ हजार ७३३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ८८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । हाल ८७४ जनाको आईसीयू र २५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।