अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २४४२ जनामा कोरोना पुष्टि, ३४५६ जना डिस्चार्ज

आज २४४२ जनामा कोरोना पुष्टि, ३४५६ जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । १० हजार ९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, गएको २४ घण्टामा ३ हजार ४५६ जना डिस्चार्ज हुँदा ५१ संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज ५४८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ५५ हजार ५३२ सक्रिय संक्रमित छन् ।