घँसारीले घाँस काटेको भीर पाखा वन।
साइ तेराे रूपसी हाँसो धड्कन्छ यै मन।।
छकालै बन जाने पुलैपुला घाँस।
छचल्कि डुबुल्की मार्दाे जलेवा हाे कि हाँस।।
सुख्खा वन उजाड लाग्दाे पातल वनचरी।
घँसारीकाे भारी ठूलो सपना मनभरी।।
झुलीखाेला न्याउली बास्दाे घसारीका कुरा।
सेठलाई धनकाे चिन्ता विचरी वन धुरा।।
विदेशबाट चिठी पुग्यो आँगन हुलाकी ।
श्रीमानले रैवार दिए ल्याइदिने बुलाकी।।
ताेली डाँडा भिड थियाे उनी खुशी थिइन् ।
बिदेशकाे हर्षित कुरा बाजले पाेखी दिइन्।।
गाई वस्तु कराइहाल्ने दुरै भए उनी।
बाजकलीकाे घाँस मिठाे सन्यासीकाे धुनी।।
चाहना थाेरै थे उनका जीवनका भेल ।
सफा मनकी धनी उनी केश नलाका जेल।।
मानबहादुर जाेरा
उप-प्राध्यापक, कैलाली बहुमुखी क्याम्पस।
प्रतिक्रिया