अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैरआवासीय नेपाली संघको निर्वाचन समिति गठन

गैरआवासीय नेपाली संघको निर्वाचन समिति गठन


काठमाडौं- गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोवरमा १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो ।

समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल (नेपाल) रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा सङ्घका संरक्षक राम प्रताप थापा (जर्मनी), डा. गणेश गुरुङ (नेपाल), डा. देवकाजी डङ्गोल (कतार), चिरिञ्जवी ढकाल (युके), डा. विष्णुमाया परियार( युएसए) रहनुभएको छ भने समितिको सदस्य सचिवमा भूषण घिमिरे जापान रहनुभएको सङ्घको सचिवालयले जनाएको छ ।