अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखपढको ‘रियालिटी शो’ जस्तै हो साइनिङ पेनको ‘राइटर अवार्ड’

लेखपढको ‘रियालिटी शो’ जस्तै हो साइनिङ पेनको ‘राइटर अवार्ड’


अष्ट्रेलिया- नेपाली युवाहरूले सञ्चालनमा ल्याएको अंग्रेजी भाषामा लेखिएका गैर-आख्यान लेख/रचना र ब्लग सेयर गर्ने साइट साइनिङ पेनले वर्षभरि छापिएका लेख रचना मध्येबाट पाठको प्रतिक्रियाका आधारमा उत्कृष्ट अंक ल्याउने एक लेखकलाई अमेरिकी डलर १५०० को ‘साइनिङ पेन राइटर अवार्ड’ दिने कार्यक्रम ल्याएको छ।

‘लेखपढको दुनियाँमा यो एक ‘रियालिटी शो’को जस्तै अबधारणा हो जसमा पाठकले लेखकको प्रकाशित लेख रचनालाई दिएको प्रतिक्रियाका आधारमा लेखक ‘साइनिङ पेन राइटर अवार्ड’ पुरस्कारका लागि छनौट हुन्छ,’साइनिङ पेनका एक संस्थापक एवं ‘वेव डिभेलपर’ धनु सुनारले अष्ट्रेलियाबाट बताउनुभयो।

साइनिङ पेनमा अंग्रेजीमा लेखिएका आफ्ना लेख रचना छपाउन लेखकले कसैलाई भनसुन गर्नु वा इमेलमा लेख पठाइराख्नु पर्दैन। वेवसाइटमा गएर लेखकले मेनु बारमा दिएको ‘पब्लिस’ मा क्लिक गर्दा खुल्ने पेजमा आफ्नो लेख टाइप गरेर वा पेस्ट गरेर त्यहाँ मागिएका अन्य विवरण भरेर पुछारको ‘सब्मिट’ ट्याब थिचेपछि लेख सम्पादकीय डेस्कमा पुग्छ। सम्पादकीय डेस्कले अध्ययन गरेर लेखलाई एक/दुई दिनमा प्रकाशित गरेपछि लेख आम पाठकको लागि साइटमा देखापर्छ।

कुनै लेख वा त्यसको लेखकलाई साइनिङपेन प्ल्याटफर्ममा प्राप्त भएको ‘पाठक पृष्ठपोषण’ जस्तै लेख मन परेर दिएको ‘क्ल्यापिंग लाइक’ को संख्या, लेख मन परेर सोसल मिडियामा सेयर भएको संख्या, पाठकले लेखको पुछारमा छोड्ने पाठक प्रतिक्रियाको कूल संख्याको आधारमा लेखकले अंक प्राप्त गर्ने छ। साथै लेखकले साइनिङपेनमा छापेका लेख वा ब्लगको संख्याका आधारमा पाउने अंक समेत जोडेर कुनै एक लेखको कूल अंक निकालिने छ।

यसरी प्राप्त हुने अंक गणना गरी वर्षभरिमा सर्वाधिक अंक प्राप्त गर्ने एकजना लेखकलाई ‘साइनिङपेन राइटर अवार्ड’ स्वरुप अमेरिकी डलर एक हजार पाँच सय प्रदान गरिने छ। अमेरिकी डलर १५०० राशीको ‘साइनिङ पेन राइटर अवार्ड’ को बिजेता लेखक कसरी छनौट गरिन्छ भन्नेबारेको विस्तृत जानकारी साइटको ‘अवार्ड’ ट्याबमा दिइएको छ।

देश विदेशका नयाँ पुस्ताका नेपाली युवायुवतीहरुको लागि अंग्रेजी भाषा लेखपढ र अभिव्यक्ति भाषाको शसक्त माध्यम बन्दै गइरहेको अहिलेको परिवेशमा लेखपढमा रुचि राख्ने युवाहरुलाई लेख्न, पढ्न र विश्व मन्चमा चल्ने भाषामा सिर्जनशील लेखन प्रतिभाको विकास गराउन सहयोग पुगोस् भनेर यो ‘प्ल्याटफर्म’ बनाएर लेखकलाई पुरस्कार पनि दिने कार्यक्रम लायाएको  साइनिङ पेन सम्पादन मण्डल सदस्य यम घिमिरेले बताउनुभयो ।