काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।
राष्ट्रपति बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट त्रिवि शिक्षण अस्पताल जानुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति नियमित चेकजाँचका लागि त्रिवि शिक्षण अस्पताल जानुभएको हो ।
उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ ।
प्रतिक्रिया