अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ


बुटवल-लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ।

केन्द्रमा भएको सहमतिअनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना तीन मन्त्रीको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मुख्यमन्त्री आचार्यले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। अब लुम्बिनी मुख्यमन्त्रीसहित ९ मन्त्री रहेका छन्।