चलचित्र छायांकनका क्रममा अभिनेता विराज भट्ट घाइते हुनुभएको छ । उहाँ भोजपुरी चलचित्र ‘आक्रोश’ छायांकनका क्रममा घाइते हुनुभएको हो ।
भट्ट घाइते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छायांकन रोकिएको छ ।
चलचित्रका लागि ‘एक्सन स्टन्ट’ गर्ने क्रममा भट्टको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ । ४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घाइते भएपछि छायांकन प्रभावित भएको छ ।
प्रतिक्रिया