अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पब्जी र फ्रि-फायर जस्ता अनलाइन गेम बन्द गर्नुपर्छ : सांसद विक

पब्जी र फ्रि-फायर जस्ता अनलाइन गेम बन्द गर्नुपर्छ : सांसद विक


काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसदहरूले अनलाइन गेम बन्द गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै एमाले सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बालबालिका तथा अभिभावकहरूमा समेत मानसिक समस्या उत्पन्न भएकाले त्यस्ता गेम बन्द गर्न माग गर्नुभएको हो ।

‘लकडाउनका समयमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् । तर बालबालिकालहरूमा पब्जी र फ्रि-फायर जस्ता गेमको लत बसेकाले यस्ता गेममाथि प्रतिबन्ध गरियोस्,’ उहाँले भन्नुभयो ।

सांसद विकले गेमको लतका कारण बालबालिकामा डराउने, झर्किने जस्ता समस्या देखापरेकोसमेत उल्लेख गर्नुभयो ।